Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी विशेष रूपान्तरण अभियान निजगढका सबै वडाको सम्पन्न

माओवादी विशेष रूपान्तरण अभियान निजगढका सबै वडाको सम्पन्न

उमेश घलान

१६, भाद्र २०८०
माओवादी विशेष रूपान्तरण अभियान निजगढका सबै वडाको सम्पन्न
images

बारा । बारा जिल्लाको निजगढ पालिकाका सबै वडामा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

माओवादी केन्द्र निजगढ नगरपालिका वडा नम्बर १३ का पार्टी अध्यक्ष सोमलाल गोलेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पुर्व जिल्ला कमिटी सदस्य सन्जिव लोप्चानले प्रमुख अतिथिको ग्रहण गरेको थिए ।

त्यस्तैगरी विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटी सदस्य सानुमाया गोले, विजयमान मोक्तान सहिद परिवार पाल्सङ्ग गोले, दिनेश गोले, निरे गोले र भिममाया गोलेलगायतका रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्जिव लोप्चनले माओवादीले सबैलाई अधिकार संविधानमा दिलायो तर पूर्ण कार्यान्वयन ल्याउन माओवादी पार्टीलाई दुई तिहाइ बहुमतका साथ सरकारमा ल्याउनुपर्नेमा जोड दिए । लोप्चनले एकजुट भएर नेकपा माओवादीमा लाग्नुपर्ने र माओवादी पार्टीमा नै सबैको हक अधिकार सुनिश्चित रहेको बताए ।

त्यस्तैगरि निजगढ कमिटी सदस्य सानुमाया गोलेले तीन महिने जनतासंग माओवादी विशेष रूपान्तरण बारे प्रकाश परेकी थिईन। ‘संसारमा दुई वर्गका मानिस रहेको एउटा काम गरेर खाने र अर्को अरूको मिहिनेतमा बाच्ने' तर माओवादी पार्टी जहिले पनि श्रमको सम्मान गर्ने पार्टी भएको बताएकि थिइन ।

त्यस्तैगरि पार्टीका वडा अध्यक्ष सोमलाल गोलेले नेकपा माओवादी पार्टीलाई अझ बलियो बनाइएन भने पाएको उपलब्धि समेत गुम्ने खतरा रहेको बताउँदै भ्रष्टाचारको विरुद्धमा लाग्ने पार्टी नेकपा माओवादी लाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए । माओवादी नेतृत्वको सरकारले गरी रहेको काम ऐतिहासिक हो र हामी सबै पार्टीका साथीहरूले यो ऐतिहासिक काम हरूलाई प्रत्येक नागरिक सम्म पुराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - २०:२१:२२ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology