Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)

दैनिकी न्यूज

२०, भाद्र २०८०
ललितपुरको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)
images

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर भक्तजनहरुको घुँइचो लागेको हो

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ। मन्दिरमा पुजा अर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर गरि दुई तर्फ लामबद्ध भक्तजनहरुको लामो लाइन लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ ।

विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख पनि जाने चलन रहेको छ ।

हेर्नुहोस तस्विर

373042739_290923440304198_4442714053756020993_n.jpg

373040276_3542169082716604_5725805161491152254_n.jpg

373050176_9834316023305630_8479583370110748621_n.jpg

373040420_253243711006362_629366837967000021_n.jpg

 

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १२:३३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology