Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)

ललितपुरको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)

दैनिकी न्यूज

२०, भाद्र २०८०
ललितपुरको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)
images

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर भक्तजनहरुको घुँइचो लागेको हो

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ। मन्दिरमा पुजा अर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर गरि दुई तर्फ लामबद्ध भक्तजनहरुको लामो लाइन लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ ।

विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख पनि जाने चलन रहेको छ ।

हेर्नुहोस तस्विर

373042739_290923440304198_4442714053756020993_n.jpg

373040276_3542169082716604_5725805161491152254_n.jpg

373050176_9834316023305630_8479583370110748621_n.jpg

373040420_253243711006362_629366837967000021_n.jpg

 

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १२:३३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology