Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु

ललितपुरमा “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु

कृष्णप्रसाद घिमिरे

१७, भाद्र २०८०
ललितपुरमा “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु
images

ललितपुर । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रव्यापी सुरु गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियानू शनिबार सर्लाहीका ६ स्थानीय तहका ७१ वटा वडामा एकैसाथ सुरु भएको छ । जिल्लाका १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिकाका सबै ७१ वटै वडामा अभियान एकै पटक सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र ललितपुरले अभियानको सुरुवात गर्नु पुर्व अभिमुखिकरण कार्यक्रम गरेको थियो ।

त्यस पश्चात शनिबार ७ वटै वडामा एकसाथ अभियानको शुभारम्भ गरिएको माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेलले जानकारी दिए । उनका अनुसार पालिका तथा वडा स्तरमा रहेका नेता कार्यकर्ताले आ–आफ्नो स्थानमा भेला भएर शनिबार अभियानको सुभारम्भ गरेका छन् ।

३ महिने अभियान अन्तर्गत माओवादी केन्द्रले पछिल्लो समय चालेको कदम, सरकारका गतिविधिलगायतबारे आम जनतालाई प्रष्ट पार्ने, सदस्यता नविकरण गर्ने, मतदाता भेटघाट गर्ने साथै संगठनलाई थप मजवुत बनाईने कट्टेलले बताए ।

नेपाल सकारका गृह मन्त्री नारायण काजी श्रेष्ठले गोदावरी–१४ बाडेगाउँ, पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भुसालले ललितपुर–२२, उपमहासचिव बागमती प्रदेशका इन्चार्ज तथा पूर्व मन्त्री जनार्दन शर्माले गोदावरी–३, स्थायी समिति सदस्य तथा पूर्व सभामुख ओनसरी घर्तीले कोन्ज्योसोम गाउँपालिका वडा नं. १, ४, ५, बगमती प्रदेश अध्यक्ष सरल सहयात्रीले ललितपुर–२१ खोकनामा विशेष रुपान्तरण अभियानमा सहभागी जनाएको जिल्ला संयोजक कट्टेलको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०७:४१:२२ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology