Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं महानगर १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं महानगर १६ का वडाध्यक्ष रिजालको निधन

दैनिकी न्यूज

२१, भाद्र २०८०
काठमाडौं महानगर १६ का वडाध्यक्ष रिजालको निधन
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आज विहान निधन भएको छ। रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । उनका अनुसार डेंगु सङ्क्रमणपछि रिजाल ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। रिजालको उपचारको क्रममा निधन भएको हो।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति हुन्।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०९:१४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology