Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै...’ गित सार्वजनिक

मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै...’ गित सार्वजनिक

दैनिकी न्यूज

२२, भाद्र २०८०
मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै...’ गित सार्वजनिक
images

काठमाडौं । हिन्दु नारीको महान चाड नजिकिदै गर्दा तीज भाका केन्द्रित गीत सार्वजनिक हुनेक्रम जारी छ । यसैक्रममा मनमाया वाइवाको स्वरमा ‘घुमिफिरी तीज पनि आयो बरिलै‘।’ बोलको गीत सार्वजनिक भएको छ ।

मुक्ती अर्यालको शब्द रहेको उक्त गीतमा नारायण त्रिपाठी (प्रेमचरो)को परिकल्पना तथा लय रहेको छ ।

बजारमा आइरहेको तीज गितको तुलनामा फरक प्रस्तुति भएको दावी गर्ने मनमायाले दर्शकको भावना अनुरुप तीजको मौलिकता समेटेर गाएको बताइन् ।

गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ । नेत्रप्रसाद अधिकारी ‘भिमसेन’को निर्देशनमा बनेको भिडियोमा शर्मिला श्रेष्ठ, स्मृति चौलागाई, स्नेह चौलागाई, रश्मी चौलागाई, दमयन्ती अर्याल, विष्णु अर्याल, राधिका चौलागाईलगायत हातेमालो समूहका महिलाहरुको अभिनय रहेको छ ।

शिशिर अर्याल क्रिएटिभ निर्देशक एवं सम्पादक रहेको भिडियोको मुख्य सहायक निर्देशकमा उत्सव पौडेल रहेका छन् भने प्रवेश पोखरेलको छायाङ्कन र वेदनाथ धमलाको व्यवस्थापन रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - २०:३६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology