Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सबै प्रदेशमा वर्षाको सम्भावना, सचेत रहन आग्रह

सबै प्रदेशमा वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२४, भाद्र २०८०
सबै प्रदेशमा वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी प्रदेशहरुमा आंशिकदेखी सामान्यतया बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

२०८०  भदौ  २४  गते  (आइतबार)

दिउँसोः  सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।   

राती:  देशभर  आंशिक  देखि  सामान्य  बदली    रहनेछ।  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।साथै लुम्बिनी र  सुदूर-पश्चिम  प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

२०८०  भदौ  २५  गते  (सोमबार)

दिउँसो:  देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  कोशी, बागमती,  गण्डकी ,  लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

राती:  देशभर आंशिक  देखि  सामान्य  बदली  रहनेछ ।  कोशी, मधेश र  बागमती प्रदेशका  थोरै स्थानहरूमा  तथा  बाँकी  प्रदेशका एक-दुई  स्थानमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

२०८०  भदौ  २६  गते  (मंगलबार)

दिउँसो:  देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  पहाडी भू-भागका केही र तराईका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

राती:   कोशी, मधेश, बागमती र   गण्डकी प्रदेशमा   सामान्य  बदली  रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र   गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरूमा   मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

 

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  (Warning  /  Advisory  for  next  24  hours)

बागमती,  गण्डकी, लुम्बिनी, कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक-दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।  वर्षाका  कारण त्यस  क्षेत्रहरूबाट  बहने  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू-क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  रहने हुंदा सो बाट हुन सक्ने क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  हुन  अनुरोध  छ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - ०७:३२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology