Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित कर अधिकृत पक्राउ

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित कर अधिकृत पक्राउ

दैनिकी न्यूज

२५, भाद्र २०८०
नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित कर अधिकृत पक्राउ
images

काठमाडौँ । स्रोत नखुलेको २६ लाख रुपैयाँ नगदसहित आन्तरिक राजस्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन्।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको हो।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी आज बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।

सापकोटासँगै रहेका आन्तरिक राजस्व कार्यालयमै कार्यरत अर्का कर्मचारी भने फरार भएको बाँके प्रहरीले जनाएको छ।

उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ।

बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - ११:२०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology