ललितपुर । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शंखुमा तीज विशेष दर खाने कार्यक्रम सोमबार आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन पूर्व सभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्ती मगरले गरेका हुन् । उद्घाटनसँगै ओनसरी तीज विशेष दर खाने कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको बलमा नेपाली समाजमा आमूल परिवर्तन भएको बताइन् । उनले प्रचण्डले जनयुद्ध नगरेको भए आफू अहिलेको अवस्थामा हुन नसक्ने ठोकुवा गरिन् । लामो समयपछि शंख आएको स्मरण गर्दै पार्टीले अहिले कोन्ज्योसोममा जिम्मेवारी दिएको बताए । उनले भनिन्, ‘कम्युष्टि पार्टी भनेको नङ र मासुको सम्बन्ध राखेर कम गर्नुपर्छ ।’ जनताको घर दैलोमा गएर जनताको समस्या पहिचान गरी देश निर्माणमा लाग्नु पर्ने बताइन ।
कार्यक्रममा पर्टीको वागमती प्रदेश कमिटी सदस्य एवम् कोन्ज्योसोम गाउँपालिकाका निवर्तमान अध्यक्ष गोपीलाल सिंतान, पार्टीको पालिका कमिटी इन्चार्ज एवम् निवर्तमान २ नं. वडाध्यक्ष धुर्व प्रसाद घिमिरे, पालिका कमिटी अध्यक्ष महेश लामा, उपाध्यक्ष कमरेड छिरिङ लामा, अनेमसंघ क्रान्तिकारी वागमती प्रदेश कमिटी सदस्य एवम् निवर्तमान पालिका उपाध्यक्ष कमरेड मिङ्मा लामा, अनेमसंघ क्रान्तिकारी वाग्मती प्रदेश सदस्य संगिता लामा, अनेमसंघ क्रान्तिकारी कोन्ज्योसोम कमिटी अध्यक्ष डोल्मा लामा, शंखुका महिला दिदिबहिनीको उपस्थति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अनेमसंघ क्रान्तिकारी शंखुका अध्यक्ष सुजता लामा, कार्यक्रम संचालन संगिता तामाङले गरेकी थिइन ।