Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कृषि टिभिका सञ्चालक तेज विक्रम थापाविरुद्ध पक्राउ पुर्जी

कृषि टिभिका सञ्चालक तेज विक्रम थापाविरुद्ध पक्राउ पुर्जी

दैनिकी न्यूज

२६, भाद्र २०८०
कृषि टिभिका सञ्चालक तेज विक्रम थापाविरुद्ध पक्राउ पुर्जी
images

ललितपुर । कृषि टेलिभिजन सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ । उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले वैकिङ कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।

बैकिङ कसुर गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले जानकारी दिए ।

लामो समयदेखि टेलिभिजनमा पत्रकारहरुले तलव नपाएको भन्दै उनीहरु विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

थापा कृषि बहुउद्देश्यीस सहकारी संस्थाको संचालक समेत हुन् । उक्त सहकारी संस्थामा लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १०:३२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology