Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

दैनिकी न्यूज

२८, भाद्र २०८०
नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै
images

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ।

पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले जनाएको छ ।

नेम्वाङको हृदयघातका कारण गएको सोमवार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई हिजो बालुवाटारमा रहेको निवासमा लगिएको थियो ।

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभर शोक बिदा दिएको छ ।

नेम्वाङप्रति विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुकलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०८:२२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology