Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संविधान दिवसमा विभूषण प्रदान नगर्ने मन्त्रिपरिषद्को निर्णय

संविधान दिवसमा विभूषण प्रदान नगर्ने मन्त्रिपरिषद्को निर्णय

दैनिकी न्यूज

२९, भाद्र २०८०
संविधान दिवसमा विभूषण प्रदान नगर्ने मन्त्रिपरिषद्को निर्णय
images

काठमाडौँ । सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यो वर्ष विभूषण प्रदान नगर्ने निर्णय गरेको हो ।

विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

 

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १८:५०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology