Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

दैनिकी न्यूज

३०, भाद्र २०८०
काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या
images

काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

काठ मिलमा गार्डका रूपमा कार्यरत ५६ वर्षिय कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । अन्दाजी २ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ । उनीहरू दोलखाका स्थायी बासिन्दा हुन् ।

त्यस्तै मोरङको बेलबारीका अन्दाजी २० वर्षीय नवीन राईको पनि हत्या भएको छ । मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।

प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्‍टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ। उक्त सःमिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन् ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - ०८:३१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology