Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि विश्व समुदायमा अपिल गर्ने

माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि विश्व समुदायमा अपिल गर्ने

दैनिकी न्यूज

३०, भाद्र २०८०
माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि विश्व समुदायमा अपिल गर्ने
images

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभाबाट विश्व समुदायलाई अपिल गर्ने जनाएको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको नियमित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको महत्वपूर्ण भूमिका रहेकाले विश्व समुदायलाई अपिल गर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले शान्ति प्रक्रियापछि ४ पटक निर्वाचन भइरहेको र मौलिकरूपमा शान्ति प्रक्रिया सफल भइसकेको अवस्थामा औपचारिक घोषणा मात्रै गर्न बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न समस्याहरू आइरहेको अवस्थामा मुख्यत राष्ट्रिय परिस्थिति नै अनुकूल बनाउनुपर्ने र अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भूमिका हुने जिकिर गरे।

त्यस्तै जलवायु परिवर्तनको असर र प्रभाव देखिएको विश्व समूदायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको प्रवक्ता सापकोटाले बताए। अल्पविकसित राष्ट्रको अध्यक्ष नेपाल भएकाले प्रधानमन्त्रले सम्बोधन गर्ने र विश्व समुदायको ध्यान केन्द्रित गर्ने उनको भनाइ छ।

त्यस्तै प्रवक्ता सापकोटाले छोटो समय भएकाले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केर आएर समय नभ्याउने भएकाले सिधै चीन जाने र यस्तो प्रचलन अन्य देशमा पनि रहेको धारणा राखे। चीनमा हिल्सा, अरनिको राजमार्ग, विभिन्न नाका, ट्रान्समिशन लाइन, कृषि क्षेत्र, व्यापार वाणिज्य क्षेत्रमा समझदारी बन्ने उनले बताए।

प्रवक्ता सापकोटाले 'जनतासँग माओवादी’ विशेषरूपान्तरण अभियान सफलतापूर्वक अघि बढिरहेको र माओवादी तथा माओवादी नेतृत्वको सरकारले गरेका कामका बारेमा जनताको घर घरमा पुगेर जानकारी गराइएको जानकारी दिए। उनले पार्टीमा विधान सम्मेलनभन्दा विशेष महाधिवेशनको धेरै महत्व रहेको बताए।

पत्रकार सम्मेलनमा प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले सिन्धुली जिल्लामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा खटिदा भोगेका अनुभूति सुनाएका थिए ।

प्रचार विभागका सचिव गोविन्द आचार्यले तीन महिने महिना अन्तर्गत भएको सबै प्रदेशको संक्षिप्त प्रगति प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - १७:४९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology