Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पारस खड्का क्यानको सचिवमा निर्वाचित

पारस खड्का क्यानको सचिवमा निर्वाचित

दैनिकी न्यूज

६, आश्विन २०८०
पारस खड्का क्यानको सचिवमा निर्वाचित
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । आज काठमाडौंमा भएको चुनावमा प्रशान्तविक्रम मल्ललाई हराउँदै पारस विजयी भएका हुन् ।

पारसले ४८ र मल्लले ३७ मत ल्याए । आज भएको चुनावमा कुल ८५ मतदातामध्ये ८५ मत नै खसेको थियो । विजयी हुन ४३ मत आवश्यक थियो । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द बिहानै निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - १८:५४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology