Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल स्वयं सेवक संघको निजगढ नगर कमिटी गठन

नेपाल स्वयं सेवक संघको निजगढ नगर कमिटी गठन

उमेश घलान

७, आश्विन २०८०
नेपाल स्वयं सेवक संघको निजगढ नगर कमिटी गठन
images

बारा । बारा जिल्लाको निजगढ नगरपालिकामा शनिवार नेपाल स्वयं सेवक संघको नगर कमिटी गठन भएको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा नेपाल स्वयं सेवक संघको संगठन विस्तार गर्ने क्रममा निजगढ नगरपालिकामा नगर कमिटी गठन गरिएको हो ।

मधेश प्रदेशको फोकल पर्सन पूजा पाठक तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न नगर भेलाले कृति लम्सालको अध्यक्षतामा ११ नगर कमिटी सदस्यीय समिति गठन गरिएको हो । मधेश प्रदेशको फोकल पर्सन पूजा पाठक तिमल्सिनाको अनुसार नव गठित नगर कमिटीको उपाध्यक्षमा भीम बहादुर बुढाथोकी सचिवमा अजय कुमर सर्वसम्मत भएका छन । त्यस्तैगरी सह सचिव सोभा परियार कोषाध्यक्ष पूनम कार्की सर्वसम्मत भएका छन । सदस्यहरु तर्फ भने सुनिता बर्तौला, डोलमा श्रेष्ठ, सवितादहाल उप्रेती, सुभद्रा सिलवाल, लक्ष्मी भण्डारी, सपना शर्मा सर्व सहमतिबाट चयन गरिएको छ ।

लक्ष्मी चौलागाईको अध्यक्षतामा भएको सो नगर भेलामा नेपाली कांग्रेस नगर सभापति नवराज तिमल्सिना, नेपाल साइक्लिंग संघका बारा जिल्ला सचिव नविल लम्साल, महिला आवाजकी जिल्ला अध्यक्ष सावित्री बराल तिमिल्सिना लगायतका सहभागिता रहेका थिए । नव गठित नगर कमिटीहरुलाई शुभकामना दिदै मधेश प्रदेश फोकल पर्सन पूजा तिमिल्सिनाले नेपाल स्वयं सेवक संघ सामाजिक संस्था भएकोले समाजमा रहेका विभिन्न विसंगति विकृतिलाई हटाउने कार्यमा सक्रिया भएर लाग्नु पर्नेमा जोड्दिईएकी थिईन । पूजाले संगठन बलियो भएमा सवै बलियो हुने भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिईन ।

images
प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - २३:४६:०५ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology