Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा बजार अनुगमन तिब्रः गुणस्तरहिन खाद्यबस्तु बिक्री गर्नेलाई स्थलगत कारवाही

ललितपुरमा बजार अनुगमन तिब्रः गुणस्तरहिन खाद्यबस्तु बिक्री गर्नेलाई स्थलगत कारवाही

रामहरि कार्की

८, आश्विन २०८०
ललितपुरमा बजार अनुगमन तिब्रः गुणस्तरहिन खाद्यबस्तु बिक्री गर्नेलाई स्थलगत कारवाही
images

ललितपुर । नेपालीहरूको महान चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमनलाई तिव्र पारेको छ । प्रशासन कार्यालयले जिल्लाभित्रका विभिन्न व्यावसायिक प्रतिष्ठान, रेष्टुरेण्ट तथा खाद्य सामग्री बिक्री केन्द्र पसलहरूको अनुगमन गरिरहेको छ ।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनवारको संयोजकत्वमा बजारमा गएको अनुगमन टोलीले आज (सोमबार) बजारका खाद्य, मासु, रेष्टुरेण्ट, डिमाटमेन्ट स्टोरहरूको अनुगमन गरिरहेको छ ।

टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन प्रशासन कार्यालयले निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद, बिक्री मूुल्यसमेत हेरेर कैफियत देखिए तत्कालै जरिवना गरिएको सहायक प्रजिअ सुनुवारले बताए ।

त्यस्तै अनुगमनको क्रममा ठुलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत कारबाही समेत गरिने सुनुवारको भनाई छ । टोलीमा महानगरका नगर प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय ललितपुर, नेपाल पत्रकार महासंघ ललितपुर शाखा, उपभोक्ता अधिकार संरक्षण मन्च र जिल्ला प्रहरी परिसर ललितपुरको प्रतिनिधिहरु सहभागी छन् ।

टोलीमा सहभागीहरुले आ–आफनो दायरा भित्रको बिषयमा अनुगमन गरिरहेका छन् । बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर लागेको प्रजिअ सुनुवारले बताए ।

सोमबार भैसेपाटीका रेष्टुरेण्ट, डिमार्टमेण्ट स्टोर र खाद्यान्न पसलहरूमा अनुगमन गरेको टोलीले ललितपुर–२५, भैसेपाटीमा रहेको स्माइल मार्ट स्टोरमा गुणस्तरहीन नरिवल, पनिर विक्री गर्नको लागि राखेकाले १० हजार जरिवना गरेको छ । गुणस्तरहिन नरिवल र पनिर अनुगमन टोलीको रोहवरमा नष्ट गरेको थियो ।
त्यसैगरी लेमन ट्रि बेकर क्याफे भैसेपाटीलाई विस्कुट, कुकिज, जाम, दुनटमा उत्पादन मिति नराखेको र गुणस्तरहीन विक्री गरेको भन्दै १० हजार जरिवान गरिएको छ । व्यवसाय दर्ता, नविकरण लगायतको कागजपत्र सहित घरेलु तथा साना उद्योग कार्यालय ललितपुरमा आउन निर्देशनसमेत दिएको छ ।

सहायक प्रजिअ सुनुवारले बजारलाई स्वच्छ, व्यावसायिक र व्यवस्थित बनाई उपभोक्तालाई सहज बनाउने प्रयास गरिएको बताए । आइतबार भैसेपाटीमा १० वटा पसलहरुको अनुगमन गरिएको थियो ।

चाडपर्वका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको बिक्री वितरण गर्ने गुनासाहरू आउन नदिन दशैँ सुरु हुनु अघि नै बजार अनुगमनलाई तिब्र पारिएको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले बताए ।

यस अघि भदौ ३१ गते ललितपुरको संयुक्त बजार अनुगमन टोलीले म्याद गुज्रेको सामान विक्री वितरण गरेको भन्दै पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख, विग मार्टलाई हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरेको थियो ।

384019159_821230349785980_2317748751948122400_n.jpg

384116824_849612123499172_4440997881259991502_n.jpg

384071894_1046959639600942_3617076753123607142_n.jpg

 

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १७:४४:०८ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology