ललितपुर । जिल्ला अदालत ललितपुर अगाडि नै ढल फुटेर दुई सातादेखि दुर्गन्ध फैलिएको छ।
अदालतको गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिँदा सेवाग्राही, कर्मचारी स्थानीयबासी र त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सास्ती भएको छ।
अदालतको गेटमा ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा अदालत, स्थानीय सरकार बेखबर छ।
ढल फुटेको दुईसाता बितिसक्दा पनि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको ध्यान गएको छैन ।



