Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डम्बरपुरमा पुरुष खुल्ला फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिता हुने

डम्बरपुरमा पुरुष खुल्ला फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिता हुने

उमेश घलान

१६, आश्विन २०८०
डम्बरपुरमा पुरुष खुल्ला फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिता हुने
images

बारा । निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता आयोजना हुने भएकोछ । फ्याफुल्ला फुटबल क्लबले असोज १७ गतेदेखि कार्तिक २ गतेसम्म पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेट्ल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेटल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फ्याफुल्ला फुटबल क्लबका प्रतियोगिता संयोजक कमान सिं थिङ्गले बताएको छ ।

निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा क्लबका उपसमूह समेत गरि एकै क्लबका टोलीहरु पनि समावेश रहेको संयोजक थिङले बताए ।

नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका स्तरबाट खेलाडीहरूलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताको सचिव तथा श्री भगवती आधारभुत विद्यालय्क्स्स शिक्षाक समेत रहेका आयोजक समितिको सचिव जीवन लामाले बताएको छ ।

प्रतियोगिता सम्पन्न भए पश्चात क्लबहरुले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण गराउने वातावरण समेत सृजना हुने लामाले बताए । पर्यटकीय क्षेत्रको रुपमा परिचीत रहेको शिवशक्तिश्वर मन्दिर गुफा र झर्नाको प्रबर्द्धनको उद्देश्यले पनि यो प्रतियोगिता आयोजना गरेको लामाले बताए । प्रतियोगितामा (एनएफसी) निजगढ–९, (रोयल वनस्थली) सिङ्गौल, सनराईज युनाइटेड बागदेव निजगढ–४, (सिवाईसी) चिसापानी, टीवाईसी बुङ्गजोर, यसवाईसी रामथली, एफसी कोलगाऊँ निजगढ–१२, पानीट्यङ्कीटोल रतनपुर, नयाँ वस्ती युवा क्लब जितपुरसिमरा–२२, वाइटीसी निजगढ–६, न्यु जनाजगृती निजगढ–५, योङ्ग बोयज रौतहट, रतनपुर युनाईटेड निजगढ–११, चकरी युथ क्लब जितपुरसिमरा–२२, योङ्ग स्टार निजगढ–१० लाल, सबुज गण आधाभार, सिद्दिबाबा आमलेखगंज, ओझेल युथ क्लब टाँगिया वस्ती जितपुरसिमरा–१६, केवाईसी मानेचोक भक्तलाल र आयोजक फ्याफुल्ला फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको उदघाटन खेल असोज १७ गते वुधबार रोयल वनस्थली सिङ्गौल र योङ स्टार लालबीच प्रतिस्पर्धा हुनेछ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०८:२६:१२ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology