Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुकुम्बासी संघर्ष समितिद्वारा संघर्षको कार्यक्रम घोषणा

सुकुम्बासी संघर्ष समितिद्वारा संघर्षको कार्यक्रम घोषणा

उमेश घलान

१७, आश्विन २०८०
सुकुम्बासी संघर्ष समितिद्वारा संघर्षको कार्यक्रम घोषणा
images

बारा । सुकुम्बासी संघर्ष समिति निजगढले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । समितिले मंगलवार निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक बेनीबहादुर मोक्तानले यसअघि गत असोज ९ गते निजगढ नगरपालिका कार्यालयमा बुझाएको ज्ञापनपत्रमा कुनै सुनुवाइ नभएपछि संघर्षका कार्यक्रम तय गरेर आन्दोलनमा उत्रिनुपरेको बताए ।

संयोजक मोक्तानले दिएको जानकारीअनुसार आगामी असोज १९ गतेबाट हुने संघर्षको कार्यक्रम अन्तर्गत निजगढ नगरपालिकको मुल गेटमा शान्तिपूर्ण धर्ना र आन्दोलनमा एक्यवद्धाताको आह्वान गर्दै पर्चा वितरण गर्ने जस्ता कार्यक्रम निर्धारण गरिएको छ । समितिले शुरुमा आधा घण्टाको धर्ना कार्यक्रमलाई लम्बाउदै पत्रकार सम्मेलन नगरपालिका गेटमा २ घण्टा ३० मिनेटसम्म धर्ना दिने बताएको छ ।

समितिका संयोजक मोक्तानले असोज २४ गते प्लेकार्ड सहित नगरपालिकाको गेटमा बिहान ११स्३० बजेदेखि दिउसो २ बजेसम्म सुकुम्बासीहरुले धर्ना दिने बताएको छ ।

दोस्रो चरणको संघर्षको कार्यक्रम पछि पनि माग सुनुवाइ नभए समितिको बैठक बसेर तेस्रो चरणको आन्दोलनको घोषणा गरिने पनि बताएका थिए ।

यसबीच राष्ट्रिय भूमि आयोगले सोमवारबाट वडा नम्बर ४ स्थित पुरानो निजगढबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको काम शुरु गरेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिको तर्फबाट जिल्ला अध्यक्ष छविलाल उप्रेती, आयोगका सदस्य सचिव चन्दन दास, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायत निजगढ नगरपालिकाका नापी शाखाका कर्मचारी सहितको उपस्तिथिमा नक्सा चेक जाँच तथा नाप गर्ने कार्य शुरु भएको हो । यसअघि जग्गाको नाप जाँचको काम केही प्राविधिक कारणले रोकिए पनि अब भने आयोगको काम सुचारु हुने नगरप्रमुख पुरीले बताएको छ । वडा नम्बर ४ बाट शुरु भएसँगै निजगढको बाँकी वडाहरुमा पनि क्रमस: काम सुचारु हुने नगरप्रमुख पुरीले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ०७:१८:१९ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology