ललितपुर । जन–जनमा माओवादीः घर–घरमा माओवादी नारा लिएर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३ महिने अभियान अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउपालिकाका ५ वटै वडामा विभिन्न कामहरु भैरहेका छन ।
यस अभियानमा कोन्ज्योसोम गाउपालिकामा केन्द्रीय कमिटीबाट स्थायी कमिटी सदस्य तथा पुर्व सभामुख ओनसरी घर्ती मगरलाई यस पालिका कमान्डरको रूपमा र प्रदेश कमिटीले प्रदेश कमिटी सदस्य गोपिलाल सिंतानलाई यहाँ जिम्मेवारी दिई खटाएको छ ।
यस अभियानमा कोन्ज्योसोम गाउपालिका वडा १ चौधरेमा जनश्रमदानबाट बाटो निर्माण तथा बाटोमा सिढी निर्माण काम भएको छ। असोज ६ गतेको शनिबार चौघरेको घोङ्वा टोलमा बाटोमा सिढी निर्माण र असोज १३ गतेको शनिबार सिरुडाँडामा गोरेटो बाटो निर्माण कार्य भएको छ ।
अभियानमा पार्टीको वडा कमिटी अध्यक्ष कान्छालाल लामा, वडा कमिटीको इन्चार्ज तथा वडा अध्यक्ष सन्तलाल लामा, वडा सदस्य आइते लाल घोङ्वा, पार्टीको पालिका अनेमसंघ क्रान्तिकारी अध्यक्ष डोल्मा लामा, पालिका कमिटीको वाइसीएल संयोजक रिता लामा तथा पार्टीको सदस्यहरूको सहभागितामा जनश्रमदानबाट बाटो निर्माण भैरहेको छ ।

जनतासँग जनताले प्रत्यक्ष महसुस र अनुभव गर्नसक्ने काम गर्दा जनता र पार्टीको सम्बन्ध थप विस्तार हुने र जनताको माग, समस्या तथा आशा अपेक्षा थाहा हुने र त्यसैअनुसार योजना बनाएर जनताको समस्या समाधान गर्न सकिने, पार्टी र जनताबिच थप सम्बन्ध सुधार गर्दै विश्वसनीयता हासिल गर्न सकिने भएकाले यस्ता कार्यहरू निरन्तर भैरहनुपर्छ भन्दै माओवादी केन्द्र कोन्ज्योसोम गाउपालिका कमिटी अध्यक्ष महेश लामाले अन्य वडामा पनि विभिन्न प्रकारका कामहरु भै रहेको र हुँदै जाने कुरा जानकारी दिए ।