बारा । आकाश पनि खुलेन वातावरण बुधबार बिहानभर बादल लागेजस्तै भयो । अघिल्लो दिनझैं आकाशबाट पानी त परेको थिएन । तर त्यहाँ पुग्ने प्रायः सबैका आँखा ओभानो भएनन् ।
ब्रेन ट्युमर रोगबाट निधन भएकी शिक्षिकाको श्रद्धाञ्जली कार्यक्रमले श्री भगवती आधारभुत विद्यालायको वातावरणमा सन्नाटा छायो । जनानिर्वचित वडा सदस्य, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक र सर्वसाधारण भावुक मुद्रामा श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भए ।
विद्यालयका प्रधानाध्यापक उदयराज अभिकारीले भारी मनले दिवंगत शिक्षिकाकी तस्वीरमा श्रद्धाञ्जली अर्पण गरे । पुर्व प्रधानाध्यापक शुशिला भट्टराईले पनि उस्तै भावुक मुद्रामा माला र खादा ओढाईन । विद्यालयका अर्का शिक्षाक खुशिलाल थिङ्गसहितका शिक्षाक शिक्षिकाहरुले दिवंगत शिक्षिकाकी तस्वीरमा श्रद्धाञ्जली अर्पण गरे । विद्यालयका विद्यार्थी र अभिभावकहरुले पनि मलिन अनुहार बनाएर श्रद्धाञ्जली दिए ।
शिक्षिकाकी निधन भएको ११ औं पुण्य तिथिमा विद्यालयले श्रद्धाञ्जलीको लागि उक्त कार्यक्रम विद्यालय परिसरमा राखिएको थियो । २०४४ सालमा रतनपुरमा जन्मिएकी सुलोचना धामी २०६३ देखि श्री भगवती आधारभुत विद्यालयमा शिक्षण पेशा गर्दै आएकी थिईन । करिब १८ वर्ष सोही विद्यालयमा कार्यरत धामीको ब्रेन ट्युमरको औषधगर्दै आईरहेकी थिइन ।
शिक्षिकाकी निधनको खबरले निजगढ नगरपालिकाले नगरभरीका विद्यालयहरुलाई शोक विदा समेत दिएको थियो । श्रद्धाञ्जली कार्यक्रम विद्यालयको आयोजनामा प्रधानाध्यापक उदयराज अधिकारीको सहजीकरण भएको हो । उक्त कार्यक्रममा सर्वसाधारण, अभिभावक, अभिभावक संघका अध्यक्ष राजकुमार लामा, वडा सदस्य फुलमाया स्यङ्तानलगायतका उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन सोहि विद्यालयका शिक्षाक खुशिलाल थिङ्गले गरेको थियो ।