Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुकुम्बासी संघर्ष समिति निजगढद्वारा आन्दोलनको कार्यक्रम स्थगित

सुकुम्बासी संघर्ष समिति निजगढद्वारा आन्दोलनको कार्यक्रम स्थगित

उमेश घलान

१९, आश्विन २०८०
सुकुम्बासी संघर्ष समिति निजगढद्वारा आन्दोलनको कार्यक्रम स्थगित
images

बारा । सुकुम्बासी सङ्घर्ष समिति निजगढ र निजगढ नगरपालिकाबीच भूमि आयोगको काम अघि बढाउने सहमति भएपछि समितिले शुक्रवारबाट गर्ने भनेर घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

संघर्ष समिति र निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीसहित वडा अध्यक्षहरूबीच भएको भएको छलफलमा आयोगको काम अघि बढाउने सहमति भएपछि समितिले शुक्रवारबाट गर्ने भनेर घोषणा गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेको हो ।

सङ्घर्ष समितिका संयोजक बेनीबहादुर मोक्तानले बिहीबार एक बिज्ञप्ति जारी गरेर नगर प्रमुख पुरीसहित वडा अध्यक्षहरूले नगरस्तरीय सहजीकरण समितिको बैठक राखेर नगरका सबै वडाहरूमा आयोगको कामलाई गति दिने निर्णय गरेपछि सङ्घर्षका सबै कार्यक्रमहरू तत्काललाई स्थगित गरिएको जानकारी दिएको छ ।

बिज्ञप्तिमा समितिको माग सम्बोधन गरेकोमा नगरपालिकालाई धन्यवाद पनि दिइएको छ । आयोगको काममा कुनै अवरोध उत्पन्न भएको खण्डमा समितिले पूर्णरूपमा सहयोग गर्ने पनि जनाइएको छ ।

निजगढ नगरपालिकाले नगरमा भूमि आयोगको काम अघि नबढाएको भन्दै सङ्घर्ष समितिले यसअघि नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएर शुक्रवारबाट नगरपालिका कार्यालयमा ५ दिनसम्म धर्ना र प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०७:५५:२६ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology