Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर उद्योग बाणिज्य संघमा विश्वराज बज्राचार्य निर्वाचित

ललितपुर उद्योग बाणिज्य संघमा विश्वराज बज्राचार्य निर्वाचित

दैनिकी न्यूज

२१, आश्विन २०८०
ललितपुर उद्योग बाणिज्य संघमा विश्वराज बज्राचार्य निर्वाचित
images

ललितपुर । ललितपुर उद्योग बाणिज्य संघको ४४ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न मत गणनाको परिणामअनुसार बज्राचार्यले ६५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५४२ मत पाए । अध्यक्षमा अर्का स्वतन्त्र उम्मेदवार रविन्द्ररज ताम्राकारले २२८ मत पाए ।

संघको बरिष्ठ उपाध्यक्षमा सुसन महर्जन ७४८ मतले विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी वीरेन्द्रलाल श्रेष्ठले ६४४ मत पाए ।

त्यस्तै उद्योगतर्फका उपाध्यक्ष आपुलाल अवाले ७१८ मतले विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी सुरज बज्राचार्यले ६५१ मत पाए ।

वाणिज्यतर्फ उपाध्यक्ष सुनिल शाक्य ७७४ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी राकेश भक्त मुल्मीको मत ६१० रहेको छ ।

एशोसियट उपाध्यक्षमा रमेश सिं महर्जन विजयी भए । उनको मत ७३० रहेको छ भने निकटम प्रतिस्पर्धी मुकुन्द महर्जनको ६४२ मत पाए ।

संघको महासचिवमा भूमि नन्दन कर्माचार्यले ८६० मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धीको महेश श्रेष्ठको ५३० मत पाए ।

कोषाध्यक्षमा राजु महर्जनले ७१९ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी मिलन शाक्यले ६७६ मत पाए ।

संघको कार्यसमिती सदस्यहरूमा अनिल महर्जन, गुणकेशरी ताम्राकार, प्रविण ताम्राकार, प्रविण बज्राचार्य, सजना श्रेष्ठ (नेम्कुल), सुदीक्षा डंगोल, प्रमशराज बज्राचार्य, बिक्रम बज्राचार्य, महेश्वरलाल खोशी, राकेश राज बज्राचार्य र विमला शाक्य, उर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, पूर्णबहादुर महर्जन र एशोसियट तर्फबाट कार्यसमिती सदस्यमा रवि महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

गतशुक्रबार संघको ४४ औं वार्षिक साधारण सभा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका थिए । बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि शनिबार विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म स्टाफ कलेज जावलाखेलमा मतदान भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १०:४७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology