Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

बुधबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

बुधबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

विष्णु प्रसाद भुसाल

२४, आश्विन २०८०
बुधबार घट्यो सुनको भाउ, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो (मंगलबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा खरिदविक्री भएको थियो।

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - ११:१४:३१ बजे

 

विष्णु प्रसाद भुसाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology