Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

बुधबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

विष्णु प्रसाद भुसाल

२४, आश्विन २०८०
बुधबार घट्यो सुनको भाउ, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो (मंगलबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा खरिदविक्री भएको थियो।

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - ११:१४:३१ बजे

 

विष्णु प्रसाद भुसाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology