Logo

सोमवार, श्रावण २५ गते २०८३

images

६८औं प्रहरी दिवसका अवसरमा ललितपुर प्रहरीको ब्याण्ड डिस्प्ले

६८औं प्रहरी दिवसका अवसरमा ललितपुर प्रहरीको ब्याण्ड डिस्प्ले

दैनिकी न्यूज

२५, आश्विन २०८०
६८औं प्रहरी दिवसका अवसरमा ललितपुर प्रहरीको ब्याण्ड डिस्प्ले
images

ललितपुर । ६८औं प्रहरी दिवस २०८० को अवसरमा ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा बुधबार प्रहरी ब्याण्ड डिस्प्ले तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार किरण केसीले आफ्नो प्रस्तुती देखाएका थिए भने नेपाल प्रहरीको सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुला राज खनालको नेतृत्वको प्रहरी ब्याण्ड टोलीले देशभक्तिपूर्ण साङ्गीतिक धुन प्रस्तुत गरेको थियो । साथै ज्यापु समाजद्वारा धिमे नृत्य, बाद्य शिरोमणी शैलेन्द्र शाक्यद्वारा सङ्गीत प्रदर्शनी र चरिया नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना राजदल गणका गणपति प्रमुख सेनानी केशर बाहादुर बुढाथोकी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सहअनुसन्धान निर्देशक भुमिप्रसाद पाठक, नेपाल सशस्त्र प्रहरी वल दक्षिणकाली गणका गणपति प्रमुख सुमनजंग थापा, प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरुलगायत आमन्त्रित महानुभावहरूको साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ०८:१०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology