Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांश

सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांश

विष्णु प्रसाद भुसाल

२५, आश्विन २०८०
सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

बैंकले कर प्रयोजनका लागि सहित गरी कुल ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्रै वितरण गर्ने निर्णय हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अघिल्लो वर्ष २०७८–७९ मा सिद्धार्थ बैंकले कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश थियो।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १०:२८:२९ बजे

 

विष्णु प्रसाद भुसाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology