ललितपुर । नेपाली लेखक संघ ललितपुरको अध्यक्षमा रामसुन्दर केसीको नेतृत्वमा ११ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको शनिबार भएको पहिलो जिल्ला अधिवेशनले उपाध्यक्षमा अर्चना झा, सचिवमा कृष्णा पौडेल, सहसचिवमा, अनुप घिमिरे र कोषाध्यक्षमा राजकुमार थापा चयन भएका छन् ।
त्यस्तै संघको कार्यसमिति सदस्यहरूमा बुद्धराम थिङ, पवित्रा अधिकारी, कमल प्रसाद तिमिल्सिना, मनोहर गौतम, श्रीराम पौडेल र उषा केसी चयन भएका छन् ।
नेपाली कांग्रेस निकट नेपाली लेखक संघको प्रथम अधिवेशनमा नेपाली कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, वरिष्ठ साहित्यकार डा. तुल्सी भट्टराई, सहित्यकार डा. नवराज लम्साल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति जितेन्द्रकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि रामशरण घिमिरे लगायतको उपस्थित रहेको थियो ।