Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लगनखेलका मासु पसल मापदण्ड विपरीत

लगनखेलका मासु पसल मापदण्ड विपरीत

दैनिकी न्यूज

२९, आश्विन २०८०
लगनखेलका मासु पसल मापदण्ड विपरीत
images

ललितपुर । ललितपुरको लगनखेलका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भेरहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको संयुक्त बजार टोलीले अनुगमनमा जाँदा लगनखेलको इटिटोल, लगनखेल बजार र शंखुमुलका अधिकांश मासु, माछा तथा केही फलफुल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुसहरु भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए ।

'हामीले आज लगनखेलका मासु तथा फलफूल पसलहरुको अनुगमन गर्यौ, अनुगमनका क्रममा अधिकांश मासु पसलहरु, फलफूल तथा जुस पसलहरु मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकाहरु मध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई हामीले दस÷दस हजार जरिवाना सहित सचेत समेत गराएका छौं ।' सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने ।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका एक लिटरका रियल जुसहरु भेटिएका थिए । उक्त पसललाई प्रशासनले १० हजार जरिवाना गरेर सचेत समेत गराएको राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि ध्रुवलाल तण्डुकारले बताए ।

अनुगमन प्रश्चात प्रतिक्रिया दिदै सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले अनुगमनको क्यालेण्डर बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए ।

अनुगमनमा सहभागी नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले जिल्ला भित्र हुने बजार अनुगमन चाडपर्व केन्द्रीत मात्रै हुनु नहुने बताए ।

राष्ट्रिय अनुसन्धानका प्रमुख भुमि पाठकले लगनखेलका माछा पसलेले पनि कुलेखानीको माछा भनेर सर्लाहीको माछा बेचेर आफू ठगिएको बताए ।

393464066_623306769878472_792859801550268325_n.jpg

393441617_1770889263365998_8803364790950829090_n.jpg

387499952_1331854354137289_4560291790419177309_n.jpg

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २०:३०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology