Logo

सोमवार, श्रावण २५ गते २०८३

images

धादिङमा ६.१ रेक्टरको भूकम्प

धादिङमा ६.१ रेक्टरको भूकम्प

दैनिकी न्यूज

५, कार्तिक २०८०
धादिङमा ६.१ रेक्टरको भूकम्प
images

काठमाडौं । आइतबार बिहान भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा काठमाडौँ उपत्यकालाई मज्जैले हल्लाउनेगरी धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्काले काठमाडौँ उपत्यका पनि मज्जैले हल्लिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको बताए।

दसैँको रमझममा रहेका बेला भूकम्प गएपछि काठमाडौं उपत्यका र त्यस आसपासका स्थानीय त्रसित भएका छन्। भूकम्पको धक्का काठमाडौं उपत्यकासँगै गोरखा, नुवाकोट, चितवन लगायतका जिल्लामा पनि महसुस गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - १२:१६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology