Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेपाल र यूएई भिड्दै

आज नेपाल र यूएई भिड्दै

दैनिकी न्यूज

६, कार्तिक २०८०
आज नेपाल र यूएई भिड्दै
images

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।

मोहम्मद वासिमको कप्तानीमा रहेको यूएई पनि जितसहित एक खेल अगावै फाइनलको यात्रा तय गर्न चाहन्छ। यदि नेपालले यूएईलाई पराजित गरे हङकङ र यूएई बीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ। यूएईले हिजो (आइतबार) हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

टी–२० विश्वकप २०२४ को छनोट प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रूपमा लिएका छन्।

images
प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - ०८:४१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology