Logo

आइतवार, श्रावण २४ गते २०८३

images

हिमालयन रिको आईपीओ कात्तिक २१ गतेबाट निष्काशन

हिमालयन रिको आईपीओ कात्तिक २१ गतेबाट निष्काशन

विष्णु प्रसाद भुसाल

६, कार्तिक २०८०
हिमालयन रिको आईपीओ कात्तिक २१ गतेबाट निष्काशन
images

काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ जारी गर्ने प्रकृया शुरु गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गरिनेछ । उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, विदेशमा रहेका नेपाली श्रमिकले आगामी मंसिर ५ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन् ।

यससँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । 

images
प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - ०९:०७:११ बजे

 

विष्णु प्रसाद भुसाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology