बसन्त लामा/रौतहट । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलनटारमा जारी छैठौं दिनको खेलमा लालीगुरास फुटबल क्लब ‘ए' विजयी भएको छ । सो खेलकोमा लालिगुरासले समाजसुधार स्मृती युवा क्लव निजगढ ४ लाई १–० ले पराजित गरेको हो ।
खेलको म्यान अफ द म्याच लालिगुरास युवा क्लवका बिकास दर्लामी मगर घोषित भएका थिए । त्यस्तैगरि आईतवार नै भएको खेलमा भएको दोश्रो खेलमा योङस्टार युनाइटेड युवा क्लव निजगढ १० लाल र एफसी गैडाटारविच भएको थियो । उक्त खेलमा योङस्टार युनाइटड युवा क्लव लाई २-० को अन्तरले पराजित गर्दै एफसी गैडाटारले विजयी शुरूवात गरेको हो ।
दोस्रो खेलको म्यान अफ द म्याच भने एफसी गैडाटार फुटबल क्लबका ओम धामी घोषित भएको हो । त्यस्तै कार्तिक ६ गते सोमबार हुने खेल जनएकता युवा क्लव 'ए' निजगढ न।पा। ३ सिगौल र रोयल बनस्थली युवा क्लव निजगढ न.पा.१ विच विहान ७ बजे खेल हुने भएकोछ । भने दोस्रो खेल दिनको ३ बजे ब्रह्मबाबा युवा क्लव ‘वीू. निजगढ नं. १ र तामाङ परिवार युवा क्लव चन्द्रपुर ३ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
त्यस्तै तेस्रो खेल फ्याफुल्ला युवा क्लव निजगढ न.पा.१३ डम्बरपुर र लालिगुरास युवा क्लव निजगढ न।पा।३ सिगौल बिच भिडन्त हुने भएको छ ।
बिहान सुरु हुनु लागेको खेलमा सहभागीता समूहहरु भने दोस्रो चरणको यात्राको दौडमा रहेको छ ।