Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज दशैंको टिकाको दोस्रो दिन, आफन्तबाट टीका लगाइदै

आज दशैंको टिकाको दोस्रो दिन, आफन्तबाट टीका लगाइदै

दैनिकी न्यूज

८, कार्तिक २०८०
आज दशैंको टिकाको दोस्रो दिन, आफन्तबाट टीका लगाइदै
images

काठमाडौं । आज पनि दसैंको टीका र जमरा लगाइँदै छ। हिजो (मंगलबार) शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन्।

नजिकका परिवारका सदस्य र मान्यजनहरूबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरूसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमा (शनिबार) सम्म टीका लगाउने गर्दछन् ।

कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ।

आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८० बुधवार - ०८:४६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology