Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्वान्टी-२० विश्वकपको एसिया छनोट : नेपाल र मलेसिया भिड्दै

ट्वान्टी-२० विश्वकपको एसिया छनोट : नेपाल र मलेसिया भिड्दै

दैनिकी न्यूज

१४, कार्तिक २०८०
ट्वान्टी-२० विश्वकपको एसिया छनोट : नेपाल र मलेसिया भिड्दै
images

काठमाडौं । आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटको आफ्नी दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै छ । आज (मंगलबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे सरु हुनेछ ।

नेपाल आज मलेसियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने योजनाका साथ मैदान उत्रदै छ भने मलेसिया पनि घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगतामा पहिलो जित दर्ता गर्ने दाउमा रहेको छ । नेपालले सोमबार पहिलो खेलमा सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो भने मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले हारेको थियो ।

त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

आज दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्नेछ । यस विश्वकप छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी(ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०८:२१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology