Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको टाखेलबाट ८ जना जुवाडे पक्राउ

ललितपुरको टाखेलबाट ८ जना जुवाडे पक्राउ

कृष्णप्रसाद घिमिरे

१५, कार्तिक २०८०
ललितपुरको टाखेलबाट ८ जना जुवाडे पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको गोदावारी नगरपालिका वडा नं. १० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा ललितपुरको बागमती गाउँपालिका वडा नं. १ घुसेल बस्ने ४० वर्षका नारायण गौतम, गोदावरी–१० टाखेलका ३७ वर्षका निराजन न्यौपाने, वर्ष १९ को श्याम महर्जन, कोन्ज्योसोम–२ शंखुका ४७ वर्षको उद्धब बजगाई, बागमती गाउपालिका वडा नं. ५ का ४२ वर्षका पासाङ स्याङ्तान तामाङ, वर्ष २७ का माधव घिमिरे र बागमती–४ का वर्ष ३५ का रमेश तिमिल्सिना रहेका छन् ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ, १५६ पत्ति तास, तास खेल्न विछ्याएको म्याटसहित पक्राउ गरेको हो ।

 

यो पनि पढ्नुहोस

नौ लाख नगदसहित १० जुवाडे ललितपुरको लेलेबाट पक्राउ, ७ दिनको म्याद थप

images
प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - १२:१५:०९ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology