Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आईसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा आज नेपालले यूएईको सामना गर्ने

आईसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा आज नेपालले यूएईको सामना गर्ने

दैनिकी न्यूज

१७, कार्तिक २०८०
आईसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा आज नेपालले यूएईको सामना गर्ने
images

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सेमिफाइनल खेल आज (शुक्रबार) नेपाल र यूएईबीच हुदैँछ। समूह ए को उपविजेता नेपाल र समूह बी को विजेता यूएई बीच आज बिहान ११ बजे सेमिफाइनल खेल हुनेछ। सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।

नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत शुक्रबारको खेल महत्वपुर्ण छ ।

सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।

नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो ।

नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो ।

ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । शुक्रबारको खेलले नतिजाले नेपालको टी ट्वान्टी विश्वकपको आगामी यात्राबाट टुङ्गो लगाउनेछ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०७:१९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology