Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

दैनिकी न्यूज

१७, कार्तिक २०८०
यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
images

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।

युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

आक्रामक सुरूवात गरेको युएईविरूद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्। सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे। वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए।

त्यसपछि नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो।

सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँच बलमा कुनै रन दिएनन्।

बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा १० रन खर्चिए।

आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकप छनोटको एसियाली छनोटमा आज दुई सेमिफाइनल हुँदै छन्। पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच भिडन्त भइरहेको छ। 

नेपाल समूह ‘बी’को उपविजेता र युएई समूह ‘ए’को विजेता हुन्। समूह ‘बी’बाट ओमान विजेता र बहराइन समूह ‘ए’को उपविजेता भयो। आज विजयी दुवै टोली फाइनलमा स्थान बनाउँदै टी–२० विश्वकपमा छनोट हुनेछन्।

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १२:४२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology