Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प

जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प

दैनिकी न्यूज

१८, कार्तिक २०८०
जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प
images

काठमाडोँ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।

जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।​ यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने दुवै जिल्लाका सीडीओले जनाएका छन्। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन्।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०६:४७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology