Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भूकम्प प्रभावितको उद्धारमा हुने इन्धनको सबै खर्च आयल निगमले व्यहोर्ने

भूकम्प प्रभावितको उद्धारमा हुने इन्धनको सबै खर्च आयल निगमले व्यहोर्ने

दैनिकी न्यूज

१८, कार्तिक २०८०
भूकम्प प्रभावितको उद्धारमा हुने इन्धनको सबै खर्च आयल निगमले व्यहोर्ने
images

काठमाडौं । रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार कार्यमा खर्च हुने हवाइ इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ।

भूकम्प प्रभावितको उद्धारका लागि खटिएको नेपाल एयरलाएन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले आव २०८०–८१ को सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको नेपाल आयल निगमबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हवाइ भाडामा सबैभन्दा धेरै खर्च इन्धनमा हुन्छ। हवाइ भाडाको करिब ६० प्रतिशत खर्च इन्धनमा हुने भएकाले निगमको निर्णयले उद्धार कार्यमा सहजता हुनेछ।

397951589_1027507655154663_3383536023483574668_n.jpg

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १७:१९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology