Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उपाधिको लागि नेपाल ओमानसँग भिड्दै

उपाधिको लागि नेपाल ओमानसँग भिड्दै

दैनिकी न्यूज

१९, कार्तिक २०८०
उपाधिको लागि नेपाल ओमानसँग भिड्दै
images

काठमाडौं । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाइसकेको नेपालले आज आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछ। खेल टियू मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसअघि घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनले पराजित हुँदा समूह विजेता बन्ने अवसर गुमाएको थियो।

नेपाल समूह चरणको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रिने छ।

नेपाल र ओमानबीच टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुल ५ खेल भएका छन्। नेपाल तीन र ओमान दुई खेलमा जित निकाल्दा पछिल्लो पटक टियू मैदानमा नै नेपाल ओमानसँग हारेको थियो।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०९:४९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology