Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुपर ओभरमा नेपाल ओमानसँग पराजित

सुपर ओभरमा नेपाल ओमानसँग पराजित

दैनिकी न्यूज

१९, कार्तिक २०८०
सुपर ओभरमा नेपाल ओमानसँग पराजित
images

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो ।

तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन । बिलाल खानका अघि नेपाली ब्याटर चल्न सकेनन् ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

कप्तान रोहित कुमार पौडेलको अविजित ५२ रनको इनिङ्समा गुल्सन झाले २५ बलमा ५४ रनको विस्फोटक पाली खेलेका थिए । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मदतले सो रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेलले ३१ रन बनाएको इनिङ्समा आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।

ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए ।

नेपाल र ओमान यसअघि नै टी २० विश्वकपमा छनोट भएका छन् । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएको थियो । 

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १४:४३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology