Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन अस्पतालमा डाक्टरमाथि कुटपिट

पाटन अस्पतालमा डाक्टरमाथि कुटपिट

दैनिकी न्यूज

१९, कार्तिक २०८०
पाटन अस्पतालमा डाक्टरमाथि कुटपिट
images

ललितपुर । पाटन अस्पतालमा दुई डाक्टरमाथि कुटपिट भएपछि चिकित्सकहरू आन्दोलित भएका छन् । अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका हुन् । डाक्टरले सुई लगाएपछि दुई जना विरामी ओखलढुंगा घर भएका वर्ष ८६ का जनमाया राई र मकवानपुर घर भई पाटनढोका बस्ने ६८ कृष्ण बहादुर नगरकोटी मृत्यू भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उक्त घटना शनिबार साँझ ७ बजेतिर घटना भएको हो ।

आक्रोशित भएका बिरामीका आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरलाई कुटपिट गरेको बताइएको छ ।

शनिबार साँझ ओखलढुंगाकी ८२ वर्षीया एक वृद्धाको समेत उपचारका क्रममा सोही वार्डमा मृत्यु भएको थियो। डाक्टरमाथि आक्रमण गर्ने पक्षको उक्साहटमा लागेर उनीहरुले आफ्नो बिरामीलाई पनि गलत उपचार गरेको आरोप लगाएको ती डाक्टर बताउछन् ।

आइतबार टिकट काटिसकेको भएर केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने चेतावनी डाक्टरहरूको छ । कुटपिट गर्ने माथि सत्यतथ्य छानविन गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन समेत परेका ललितपुर प्रहरीका प्रवक्ता, एसपी नवराज कार्कीले बताए ।

p ho.png

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - २०:०७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology