बारा । बाराको निजगढ़ बजारमा रहेको टिभिएस शो रुममा 'च्याम्पियन्स एक्सचेन्ज' मेला शुरु भएको छ । कार्तिक २५ गतेसम्म मेला सञ्चालन हुने टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता माँ अजिमा ट्रेडर्सका प्रोप्राइटर रवि राजभण्डारीले जानकारी दिए ।
दसैँ तिहार र छठ लगायतका पर्वमा टिभिएसले ल्याएको 'हर मोडमा उमंग' अफर अन्तर्गतका ग्राहकहरुलाई सम्पूर्ण छुटसहित अन्य विशेष छुट र सुविधा उपलब्ध गराइने राजभण्डारीले जानकारी दिएको हो । मेलामा जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष तथा स्कुटर विशेष छुटमा खरिद गर्ने अवसर ग्राहकहरुलाई दिइएको बताउदै राजभण्डारीले यसपटकको अफरबाट धेरै ग्राहक लाभान्वित हुनेमा बताएको छ।
प्रोप्राईटर राजभण्डारीका अनुसार टिभिएस खरिदमा ग्राहकले १० लाख रुपैयासम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् भने खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका पनि अफरमा रहे को बताइएको छ । हरेक महिना सय प्रतिशत क्यास व्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले एक्सचेन्जमा रु.१० हजारसम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत व्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर खरिद गर्नसक्ने सुविधा उपलब्ध गराएको छ ।