बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल भएको छ ।
पहिलो खेलमा रतनपुर युनाईटेड ूएू र योङ्ग स्टार बीचको खेलमा योङ्ग स्टर विजयी भएको हो । खेलको मध्यान्तरबपछि योङ्ग स्टारका खेलाडी समीर तामाङ्गले गरेको एक गोल नै निर्णयक गोल बन्यो ।
तामाङले योङ्ग स्टारका लागि यो पहिलो हो । यसअघि सोही क्षेत्र अन्तर्गत डम्बरपुरमा आयोजित फ्याफुल्ला नकाउट प्रतितियोगीतामा सहमति फुटबल क्लबबाट खेलेका थिए ।
त्यस्तै दोस्रो खेलमा भने गैडाटार चन्द्रनिगाहपुर र विगंज युनाइटेड प्रतिस्पर्धा आमने सामने भएका थिए । चन्द्रनिगाहपुर र विरगंजको भेट भने रतनपुर क्षेत्रमा यो पहिलो भेट हो । पहिलो भेट्मै युनाईटेडले एफसी गैडाटारलाई सेमिफाइनलमै पाखा लगाएको छ ।
शुरुको गोल नै विरगंजको लागि फाइनलको यात्रा बन्यो खेलको केही समयमा नै सागर चौधरीले एक गोल गर्दै टोलिलाई आग्रता दिलाएका थिए । चौधरीको उक्त गोल नै निर्णयक गोल बन्यो । अब कार्तिक २५ गते शनिबार यी दुई टोली उपाधिको लागि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा भिडने छन ।
त्यस्तै गरी आज बिहीबारको पहिलो खेलको म्यान अफ द म्याच योङ्ग स्टारको गोलरक्षक रोशन धामी घोषित भएका थिए ।
धामीलाई निजगढ नगरपालिका वडा नम्बर ११ का जननिर्वाचित वडा सदसस्य परशुराम श्रेष्ठले ट्रफी र नगद एक हजार हस्तान्तरण गरेको छ भने दोस्रो खेलको म्यान अफ द म्याच विरगंज युनाइटेडका गोलकर्ता सागर चौधरीलाई घोषित गरेका थिए । चौधरीलाई रतनपुर युनाइटेडका क्लबका सदस्य जोगबहादुर बलले ट्रफी र नगद एक हजार हस्तान्तरण गरेका थिए ।
'खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति' भन्ने नाराका साथ रतनपुर युनाइटेड फुटबल क्लबले आयोजना गरेको दोस्रो वडा अध्यक्ष गोल्डकप प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गरेका थिए ।
सहभागी टीमहरु हेटौंडा फुटबल एकेडेमी मकवानपुर, जनअभियान बारागढी बारा, विरगंन्ज युथ एकेडेमी पर्सा, योङ्ग स्टार निजगढ–१० लाल, विरगन्ज युनाइटेड पर्सा, एभरेष्ट एकेडेमी सर्लाही, चन्द्रपुर गैडाटार रौतहट र आयोजना दुई टिम गरी ९ फुटबल टोलिको सहगीता रहने छन ।