Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शंखधर शाख्वा हाम्रो इतिहाँसमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री प्रचण्ड

शंखधर शाख्वा हाम्रो इतिहाँसमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री प्रचण्ड

दैनिकी न्यूज

२८, कार्तिक २०८०
शंखधर शाख्वा हाम्रो इतिहाँसमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री प्रचण्ड
images

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' ले शंखधर शाख्वा हाम्रो इतिहाँसमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् ।

385552374_718468826834187_8942283411492098163_n.jpg

नेपाल सम्वत् ११४४ को अवसरमा आज (मंगलबार) ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शंखधर शाख्वालाई नसम्झिरहन सकिंदैन, जसलाई हामीले राष्ट्रिय वि‍भूति पनि घोषणा गरिसकेका छौं । उहाँले ऋण मोचन गर्ने कामको नेतृत्व गरेर इतिहाँसमा किर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसंगै नेपाल सम्वत जोडिएको छ।'

400567525_3565577820426760_4213979265325795962_n.jpg

प्रधानमन्त्रीले प्रचण्डले बिगतमा नेपाल सम्बत् भनेको 'नेवार समुदायको मात्रै हो' भनिने गरेको र त्यसले बिगतमा भ्रम सृजना गरेको धारणा राखे । उनले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतीरबाट उठेको र नेपालीहरूको आफ्नै मौलिक सम्बत् नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम सम्बतसँगै नेपाल सम्वत पनि उल्लेख गर्ने निर्णय मन्त्रीपरिषदबाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको बताए ।

399868138_3565577683760107_3560504145405433971_n.jpg

उनले भने, 'हिजो (सोमबार) मात्रै बिहान मन्त्रीपरिषदको बैठकले मन्त्रीपरिषदको निर्णय र सरकारी दस्तावेजमा बिक्रम सम्बत् संगै नेपाल सम्बत पनि उल्लेख गर्नुपर्ने निर्णय भएकोमा तपाईंहरू सबैलाई बधाई तथा शुभकामना भन्न चाहान्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्याय सहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाईमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ ।'

प्रधानमन्त्रीले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रीत र काम गर्ने कोशिस गर्दै आएको समेत बताए । आजको दिनले नयाँ सन्देश दिने भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सम्बत ११४४ को शुभकामना समेत व्यक्त गरे ।

398636920_10226865251391686_1174167066486694115_n.jpg

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्र चण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।


नेपालमा ‘नेपाल सम्वत्’ को सुरुवात
प्राचीन कालदेखि नेपालमा विभिन्न सम्वत् प्रचलनमा ल्याइएका थिए । त्यस्ता सम्वत् शक संवत्, मानदेव सम्वत्, विक्रम सम्वत्, कलियुग सम्वत्, लक्ष्मण सम्वत् आदी हुन । वर्तमान नेपालमा प्रचलनमाा रहेको विक्रम संवत् भारतको उज्जैंन क्षेत्रमा राजा गर्ने राजा विक्रमादित्यले विदेशीहरूलाई पराजित गरेको खुशियालीमा ईसापूर्व ५७ मा सुरु गरिएका थियो ।

त्यसैगरी शक संवत् पनि भारतीय शासक कनिष्कले ई. सं. ७६ मा विदेशीहरुलाई आफ्नो भुमिकाबाट धपाउन सफल भएको खशियालीमा सुरु गरेका थिए । लिच्छविकालको धेरैजसो अभिलेखहरुमा यही शक सम्वतको प्रयोग गरिएका पाइन्छ । मध्यकालको सुरुवातसँगै एउटा नयाँ संवतको सुरुवात गर्न थालियो । त्यो नयाँ सम्वत नेपाल सम्वत थियो । नेपाल सम्वत् वि.स ९३६ साल कार्तिक शुक्ल प्रतिपदाको दिन वा अक्टोवर २०, सन ८७९ वृहस्पतिबारको दिनदेखि सुरु भएको थियो ।

सुरुसुरुमा यो सम्वतको कुनै नाम थिएन, मात्र चलनचल्तीमा ल्याइएका्े थियो । पछि गएर त्यसलाई नेपाल सम्वतको नामले परिचित गराइयो । मध्यकालका अधिकांश अभिलेखहरूमा त्यही नेपाल सम्वतको प्रयोग गरिएको पाइन्छ । नेपाल सम्वत् र विक्रम सम्वत् ९३६ बर्ष ७ महिनाको फरक भएकाले नेपाल सम्वतलाई विक्रम सम्वतमा रुपान्तरण गर्नु पर्दा कार्तिक भन्दा पछाडी चैत्र मसान्तसम्म मिति भए ९३६ बर्ष र बैशाख १ देखि कार्तिक कृष्णपक्षयसम्म भए ९३७ बर्ष जोडर विक्रम सम्वत् बनाउने गरिन्छ ।

नेपालका बरिष्ठ इतिहासकार डा. डिल्लीरमण रेग्मीले नेपाल सम्वतको सुरुवात तत्कालिन राजा रामदेवको शासनबालबाट सुरु भएको बताएका छन । डा रेग्मीले रामदेव नेपालको राजा भएको वेलामा कुनै ठूलो महामारी फैलियो र त्यसबाट मुक्त पाउन पशुपति नाथमा विशाल यज्ञ सम्पन्न गरियो, त्यसपछि उक्त महामारी साम्य भयो । त्यसरी महामारी रोकिएको खुशियालीमा नेपाल सम्वत् पशुपतिको सम्मानार्थ चलाइएको हुनसक्ने धारण व्यक्त गरेका छन । लुसियानो पेटेकद्वारा प्रकाशित गोपालराजबंशावलीमा रामदेवले पशुपतिलाई लक्ष्य गरेर सम्वत चलाए भनिएको छ । अहिले नेवारी समुदायमा यसको चलन चलिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८० मंगलवार - ११:००:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology