Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कराँते प्रशिक्षक खड्का इन्डोनेसिया प्रस्थान

कराँते प्रशिक्षक खड्का इन्डोनेसिया प्रस्थान

दैनिकी न्यूज

३०, कार्तिक २०८०
कराँते प्रशिक्षक खड्का इन्डोनेसिया प्रस्थान
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी–८, डुकुछापमा मुख्य डोजो रहेको केन जेन ईचि हा वादो रियो कराते डो नेपालका प्रमुख प्रशिक्षक विजय खड्का १६ देखि १९ नोभेम्बर २०२३ सम्म इन्डोनेसियाको जाकार्तामा संचालन हुने इन्डोनेसिया ओपन लिग अन्र्तराष्ट्रिय करांते प्रतियोगिता तथा सेमिनार र डान परीक्षामा सहभागी हुन आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, हङकङ, ताइवान, श्रीलंका, भारत लगायत १८ वटा राष्ट्रहरुको सहभागी हुने उक्त कार्यक्रममा नेपालबाट खड्काले प्रतिनिधित्व गरेका हुन् । प्रतियोगितामा सहभागी हुनको लागि उनंलाई लाग्ने सम्पुर्ण खर्च गोदावरी नगरपालिका वडा नं ८, डुकुछापका वडाध्यक्ष शुकबहादुर लामा र वडा कार्यालयले ब्यहोर्ने जानकारी दिए ।
यसको अलावा त्यस क्षेत्रमा रहेका बिभिन्न उद्योग कल कारखाना, समाजसेवी बुद्धिजिवीहरुले पनि आर्थिक सहयोग गरेका छन् । यसै वडा निवासी साजसेवी नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष तथा करांतेका पुर्ब खेलाडी रामकृष्ण लामा ब्लोनले यस क्षेत्रबाट यस्तो बिश्व स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनु हाम्रो गौरवको कुरा भएको र यसको लागि आर्थिक तथा भौतिक सहयोग हामीले मात्र होइन राज्यबाट नै उचित प्रवन्ध हुनुपर्ने बताए ।
नेपाल करांते महासंघ ललितपुर जिल्ला सचिव समेत रहेका खड्कालाई बागमती प्रदेस सांसदसमेत रहेका पुर्बराष्ट्रिय खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषदका पुर्ब कोषाध्यक्ष मिनकृष्ण महर्जन, ललितपुर जिल्ला करांते महासंघका अध्यक्ष दयाराम महर्जनलगायतले बिदाइ गरेका थिए ।

 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८० बिहिवार - ११:२६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology