Logo

सोमवार, श्रावण २५ गते २०८३

images

क्लासिक टावरबाट पक्राउ परेका जुवाडे सुटुक्क रिहा, दवाबपछि पुनः पक्राउ

क्लासिक टावरबाट पक्राउ परेका जुवाडे सुटुक्क रिहा, दवाबपछि पुनः पक्राउ

दैनिकी न्यूज

१, मंसिर २०८०
क्लासिक टावरबाट पक्राउ परेका जुवाडे सुटुक्क रिहा, दवाबपछि पुनः पक्राउ
images

ललितपुर । ललितपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेका ठूला जुवाडेलाई सुटुक्क रिहा गरेको खुलासा भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १५ स्थित क्लासिक टावरको ब्लक ‘ए’ बाट मंगलबार साँझ प्रहरीले छापा मारेर ८ जुवाडे करिब १७ लाख नगद सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरी स्रोतका अनुसार जुवा खेलेको आरोपमा पक्राउ पर्नेमा हेमकुमार लावती, सरोज लिम्बू, विरोस लिम्बु, अष्टमान लामा, सरोज प्रसाद आचार्य, प्रकाश काफ्ले, रेमकुमार लिम्बू र सन्जिप महर्जन रहेका थिए । लावती नेपाली सेनाका अवकाश प्राप्त उपरथीसमेत हुन् । प्रहरी स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए । यस अघि जुवाडेलाई पक्राउ गरेपछि प्रहरीको वेभपेज मार्फत सार्वजनिक गर्ने गरेको भएतापनि यसपटक पक्राउ परेका जुवाडेहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रहरीले उनीहरूबाट १६ लाख ८२ हजार ५०० नगद, ८ बुक तास सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट मंगलबार गएको २५ जना प्रहरी टोलीले ती जुवाडेलाई नियन्त्रणमा लिएको थियो । जुवातास खेल्ने क्लासिक टावर वृत्त सातदोबाटोको एरिया भएपनि परिसरले छापा मारेको थियो । स्रोतका अनुसार ललितपुर प्रहरी प्रमुख सिद्धि विक्रम शाहको निर्देशनमा उनीहरू रिहा भएका हुन् । जुवाडेलाई रिहा गर्दा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितसँग समन्वय नगरेको प्रशासन कार्यालयले समेत जनाएको छ । स्थानीय तथा केही राजनीतिक दलका नेताको व्यापक दबाबपछि बुधबार साधारण तारिखमा रिहा भएका ती ८ जुवाडेहरूलाई प्रहरीले बुधबार बिहान पुनः नियन्त्रणमा लिएर कारवाही पकृया अगाडि बढाएको छ । यसको पुष्टि ललितपुर प्रहरी प्रमुख सिद्धीविक्रम शाहले गरे ।

तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन गरेका हाल ललितपुर परिसरका प्रमुख, एसएसपी सिद्धिविक्रम शाहको कार्यक्षमतामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । उनै शाहले जुवा खालबाट पक्राउ परेकाहरुलाई सुटुक्क छाड्न निर्देशन दिएको आरोप छ । यद्यपि उनले प्रहरीले केन्द्रको नीति अनुसार चाडबाड मनाउन छोडेको दाबी गरेका छन् ।

यसअघि शाह रौतहट प्रहरी प्रमुख हुँदा पत्रकारलाई लागु औषध राखेर फराएको अरोप समेत लागेको थियो । प्रहरी हेडक्वाटरले उनीमाथि कारवाही गर्न अनुसन्धान गर्न टोली बनाएको भएपनि उनीमाथि कुनै कारबाही भएन ।

images
प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - ०९:४०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology