Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महिला टि–२० आई सिरिजः जापानविरुद्ध नेपालको जीत

महिला टि–२० आई सिरिजः जापानविरुद्ध नेपालको जीत

दैनिकी न्यूज

२, मंसिर २०८०
महिला टि–२० आई सिरिजः जापानविरुद्ध नेपालको जीत
images

काठमाडौँ । हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन् । जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिइन् ।

यस अगाडि नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३८ रन बनाइन्। त्यसैगरी कप्तान इन्दु बर्माले ३१ बलमा २७ रन, काजल श्रेष्ठले ७ बलमा १५ रन, पूजा महतोले २९ बलमा १३ रन, सीता रानामगरले २० बलमा ९ रन र १ बलमा अस्मिना कर्मचार्यले १ रनको योगदान गरिन्।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपाल र जापान दुबै देश दुई खेलमा पराजित भइसकेका छन्। उनीहरू जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो। महिला टि–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्।

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - १०:२३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology