काठमाडौं । आजदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलिको कार्यक्रम तीनकुनेमा गर्ने घोषणा गरेका छन् ।
आज अपरान्ह बल्खुमा सम्बोधन गर्दै प्रसाईंले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका हुन् । तीनकुनेमा आज नेकपा (एमाले) निटक युवा संघले प्रदर्शन गरेको थियो ।
प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रसाईंले आज बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो ।