Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : निजगढमा हस्ताक्षरण संकलन कार्यक्रम

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : निजगढमा हस्ताक्षरण संकलन कार्यक्रम

उमेश घलान

९, मंसिर २०८०
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : निजगढमा हस्ताक्षरण संकलन कार्यक्रम
images

बारा । बाराको निजगढ नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, २०८० को अवसरमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नं. १ का वडा अध्यक्ष मंगल लोप्चन, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका पुलामी मगर, निजगढ महिला विकास संस्था, दलित महिला केन्द्र नेपाल शान्ति पासवान, महिला विकास केन्द्रको अन्जु नेपाल, निजगढ महिला समुह प्रेमकुमारी पुलामी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिकर्मी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिले ब्यानरमा हस्ताक्षर गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानप्रति प्रतिवद्धता जनाएका थिए ।

उनीहरुले हिंसाको व्यवहारिक रुपमै अन्त्य गर्न आवश्यक रहेकाले त्यसविरुद्धको १६ दिने अभियानसँगै हिंसाका कारण र समाधान खोज्नु पर्नेमा जोड दिएका थिए ।

नगर प्रमुख पुरीको अध्यक्षतामा भएको कार्यक्रम शाखा प्रमुख रोजी श्रेष्ठले सञ्चालन र कार्यपालिका सदस्य मैया कुमारी सुनार (अरुणा) ले स्वागत मन्तव्य राखेकी थिईन् ।

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - २०:०२:५३ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology